८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग : साल्केमाथि म्यान्चेस्टर सिटीको कठिन जित



अ+ अ-

काठमाडौँ । इंग्लिस क्लब म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रिक्वारटफाइनलको पहिलो लेगमा जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा जर्मन क्लब एफसी साल्केलाई उसैको घरेलु मैदानमा सिटीले ३–२ गोलअन्तरले पराजित गरेको हो । १० खेलाडीमा सिमित सिटीले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो ।

सिटीको जितमा सर्जियो अगुएरो, लेरो साने र रहिम स्टर्लिङले गोल गरे । यता, साल्केका लागि नबिल बेन्टालेबले दुई गोल गरे ।

खेलको १८औं मिनेटमा नै अगुएरोले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ३८औं मिनेटमा साल्केले पेनाल्टी पायो । नबिलले पेनाल्टीबाट गोल गर्दै १–१ गोलको बराबरीमा ल्याएका थिए । ४५औं मिनेटमा साल्केले फेरी पेनाल्टी पायो । यो पटक पनि नबिलले नै पेनाल्टी प्रहार गर्दै गोल गरेपछि साल्केले पहिलो हाफसम्म २–१ गोलको अग्रता बनाएको थियो ।

निकोलस ओटामेन्डी खेलको ६८औं मिनेटमा डबल पहेँलो कार्डसँगै रेड कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सिटी १० खेलाडीमा सिमित भएको थियो । तर यसपछि भने सिटीले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल थप्न सफल भयो ।

८५औं मिनेटमा सानेले गोल गर्दै सिटीलाई २–२ गोलको बराबरीमा ल्याएका थिए । खेलको अन्तिम मिनेट अर्थात ९०औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई ३–२ गोलको जित दिलाए ।