• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट ★   दातृ निकायको खाजामा राजनीतिक ‘स्टण्टबाजी’ ★   कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित ★   रोजगारीका लागि ११ महिनामा झण्डै सात लाख नेपाली विदेशिए ★   राष्ट्रपति पौडेलद्वारा भत्किएको बर्लिनको पर्खाल अवलोकन ★   भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै ★   बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच ★   सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि ★   चाँगुनारायणमा बस्ती विकासको नाममा खहरे मासेर सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित ★   लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना

बिरुवा वितरणमा पनि अनियमितता ?



हुम्ला । सिमकोट गाउँपालिकाले गत माघ २९ गतेदेखि निःशुल्क रुपमा शुरु गरेको स्याउ र ओखरका बिरुवा वितरण कार्यमा अनियमितता भएको छ । गाउँपालिकाले निवेदनका आधारमा स्याउ र ओखर वितरणको प्रावधान राखेपनि त्यसो नभएको कृषकले गुनासो गरेका हुन् ।

जिल्लामा स्याउ ओखर लगाउने याम शुरु भएसँगै सिमकोट गाउँपालिकाका किसानलाई स्याउ र ओखरका बिरुवा वितरण गरेता पनि चिनजान र भनसुनका आधारमा मात्र वितरण गरिएको वडा नं ४ का हिस्सी लामाले बताउनुभयो । वडा नं २ का दलित समुदायका कृषकले पनि आफूहरुले पाँच ओटा स्याउको लागि पालिका धाउँदा निवेदनका आधारमा दिनुपर्छ अरुलाई होइन भन्दै फिर्ता गरेको बताए ।

सिमकोट गाउँपालिका बागवानीअन्तर्गत वडा १ देखि ८ सम्मका कृषकलाई स्याउका १० हजार र ओखरका दुई हजार ४० ओटा बिरुवा वितरण गरिएको छ । सिमकोट गाउँपालिकाले आफ्ना पालिकाभित्र पर्ने १७ हजार हेक्टर क्षेत्रफलका लागि स्याउ, ओखर वितरण गरेको हो ।