१ भाद्र २०८३, सोमबार
,
Latest
दलको आन्तरिक मामिलामा अदालत प्रवेश गर्नु हुँदैनः सभापति थापा मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध रास्वपामा कुनै गुट छैनः सभापति लामिछाने स्कट कुगेलेइन सुदूरपश्चिम रोयल्समा पुनः अनुबन्ध पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छः सभामुख अर्याल मानव बेचबिखनसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत मल नीतिसम्बन्धी अध्ययन गर्न कार्यदल गठन नाडाको स्वर्ण जयन्तीको अवसरमा १८ औं ‘नाडा अटो शो’ आयोजना हुने महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल राष्ट्र बैंकले रु १ को सिक्का प्रचलनमा ल्याउने



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु १ दरको सिक्का प्रचलनमा ल्याउने भएको छ । केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै प्रचलनमा ल्याउन लागिएको सिक्काको अग्रभाग र पृष्ठ भागको विशेषता खुलाएको छ ।

सूचनाअनुसार अग्रभागमा सिक्काको वृत्ताकार घेराभित्र ६४ वटा थोप्ला हुने र ती थोप्लाको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपाल नक्सा रहनेछ । 

नेपालको नक्साको दायाँतर्फ फरक क्षमता भएकाले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न एउटा मोटो थोप्ला रहनेछ । 

त्यस्तै पृष्ठ भागमा सिक्काको वृत्ताकार घेराभित्र ६४ थोप्ला रहने र ती थोप्लासहितको वृत्ताकार चित्रभित्रको वर्गाकार आकृतिलाई वरिपरि चन्द्र, सूर्य,  चक्र, पद्म, गदा तथा चित्रमा सगरमाथाको आकृति राखिनेछ । 

सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको हुनेछ ।