• १६ मंसिर २०८०, शनिबार
  •      Sat Dec 2 2023
  •   Unicode
Logo

नेपाल राष्ट्र बैंकले रु १ को सिक्का प्रचलनमा ल्याउने



काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु १ दरको सिक्का प्रचलनमा ल्याउने भएको छ । केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै प्रचलनमा ल्याउन लागिएको सिक्काको अग्रभाग र पृष्ठ भागको विशेषता खुलाएको छ ।

सूचनाअनुसार अग्रभागमा सिक्काको वृत्ताकार घेराभित्र ६४ वटा थोप्ला हुने र ती थोप्लाको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपाल नक्सा रहनेछ । 

नेपालको नक्साको दायाँतर्फ फरक क्षमता भएकाले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न एउटा मोटो थोप्ला रहनेछ । 

त्यस्तै पृष्ठ भागमा सिक्काको वृत्ताकार घेराभित्र ६४ थोप्ला रहने र ती थोप्लासहितको वृत्ताकार चित्रभित्रको वर्गाकार आकृतिलाई वरिपरि चन्द्र, सूर्य,  चक्र, पद्म, गदा तथा चित्रमा सगरमाथाको आकृति राखिनेछ । 

सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको हुनेछ ।