१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता छन् पोर्न साइटमा प्रोफाइल बनाउने सरकारी कार्यालयहरू



अ+ अ-

काठमाडौं । इमेल व्यवस्थापनसम्बन्धी निर्देशिका २०७५ भन्छ , सरकारी इमेलमा निजी कारोबार गर्न पाइन्न । तर भइरहेको छ ठ्याक्कै उल्टो ।
साइबर सुरक्षामा काम गेर्न एक कम्पनीले गरेको अध्यनअनुसार एडल्ट र पोर्न वेबसाइटमा खाता खोल्न सरकारी इमेल प्रयोग भएको भेटिएको छ ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद (नार्क), आन्तरिक राजस्व विभाग, सशस्त्र प्रहरी बल, नेपाल टेलिकमका संस्थागत इमेल प्रयोग गरी एडल्ट र डेटिङ साइटमा प्रोफाइल तयार पारेको भेटिएको हो ।

सूचना प्रविधि सुरक्षामा कार्यरत कम्पनी ‘थ्रेटनिक्स’ले गरेको अध्ययनबाट सरकारी इमेलबाटै एडल्ट साइटमा प्रोफाइल बनाएको तथ्य फेला पारेको हो ।

‘पदअनुसारको वा व्यक्तिगत खाता प्रयोग गरी जोक पठाउने, अश्लील, लैंगिक, हिंसाजन्य सामग्री पठाउन गर्नु हुँदैन,’ निर्देशिकामा भनिएको छ, ‘निजी प्रयोजनका लागि सामाजिक सञ्जाल र अन्य कुनै पनि प्रकारको विद्युतीय माध्यममा प्रयोग गर्नु हुन्न ।’ कान्तिपुर दैनिकले समाचार छापेको छ ।