१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता नेम्बाङले बुझाए घुस लिएको भिडियो



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो बिहीबार अनुसन्धान टोलीलाई बुझाएका छन् । प्रमुख आयुक्त नवीन घिमिरेको आग्रहमा उनले भिडियो दिएका हुन् ।
‘पाठकलाई महाअभियोग लगाउन राखिएको भिडियो अख्तियारका अनुसन्धान अधिकृतलाई हस्तान्तरण गरेँ,’ नेम्बाङले संवाददाहरुसँग भने । नेम्बाङले आफ्नो चश्मा राख्ने बट्टाबाट भिडियो भएको पेनड्राइभ अनुसन्धान अधिकृतलाई बुझाएका थिए ।

सार्वजनिक संस्थाका रुपमा दर्ता भएको भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिरियरिङ कलेजलाई सञ्चालक लम्बोदर न्यौपाने समूहको निजी स्वामित्वको बनाउने गरी मुद्दा मिलाउन पाठकले ७८ लाख रुपैयाँ घुस लिएका थिए । घसुसम्बन्धी भिडियो सार्जजनिक भएपछि पाठकले राजीनामा दिएका थिए । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।