८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द, बिरामी विचल्लीमा



अ+ अ-

काठमाडौँ । सरकारी चिकित्सक संघ (गोदान) ले आज देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार गरेपछि बिरामीहरु विचल्लीमा परेका छन् ।

काठमाडौको वीर अस्पताल, टिचिङ लगायतका अस्पतालमा बिहानैदेखि अस्पतालमा उपचारकालागि पुगेका बिरामी र बिरामीका आफन्तहरु उपचार पाएपछि समस्यामा परेका हुन् ।

यसैबीच गोदनले आजै वीर अस्पतालबाट विरोधर्याली निकाल्ने जनाएको छ । दिउँसो वीरअस्पतालबाट सुरु हुने र्याली माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत हुने सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले बताएका छन् ।

सरकारले ल्याएको कर्मचारी समायोजन विधेयक,गैरकानुनी स्वास्थ्य सचिव नियुक्ती, चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानका उपल कुलपति नियुक्ती र चिकित्सकका सेवा सुबिधा प्रतिकोविरुद्ध गोदानआबद्ध चिकित्सकहरु आन्दोलनमा छन् ।

एक महिनाअघि सरकारले माग पूरा गर्ने सहमति गरेपनि कार्यन्वयन नगरेको उनीहरुको भनाई छ ।