• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि

सेनेगलमा राष्ट्रपतीय चुनाव



डाकार । सेनेगलमा आइतबार राष्ट्रपतिका लागि पहिलो चरणको चुनाव हुँदैछ । वर्तमान राष्ट्रपति म्याकी साल पनि चुनावी मैदानमा छन्।
उनका प्रतिस्पर्धीका रुपमा डाकार नगरका लोकप्रिय पूर्व मेयर खलिफा साल र पूर्व राष्ट्रपतिका छोरा करिम वाडे रहेकामा दुबैको उम्मेदवारी रद्द भएको छ । उनिहरुमाथि भ्रष्टाचारको आरोपमा अदालतबाट दोषी ठहर गरिएको छ ।

“पहिलो चरणमा विजयी हुनेमा द्विविधा नै छैन,” म्याकी सालले डाकारमा आयोजित अन्तिम चुनावी सभामा सम्बोधन गर्दै भने ।

चुनावी प्रतिस्पर्धामा राष्ट्रपति साल विरुद्ध चार जना विपक्षी नेताहरुले चुनौती दिँदैछन्, तर उनीहरु त्यति लोकप्रिय छैनन् ।