• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

उत्तर कोरियाली नेता किम जोङ उन ट्रम्पलाई भेट्न रेल चढेर भियतनाम जाने



सोल । उत्तर कोरियाली नेता किम जोङ उन अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनका लागि रेल चढेर भियतनाम जाने भएका छन् ।

अन्तर्राष्टिय सञ्चारमाध्यमका अनुसार किमलाई भियतनामा पुग्न कम्तीमा दुई दिनभन्दा बढी लाग्नेछ ।

उत्तर कोरियाली राजधानी प्योङयाङबाट हनाई ३ हजार किलोमिटरभन्दा बढी छ । किमलाई रेल चढेर उत्तर कोरियाली राजधानी प्योङयाङबाट बेइजिङ पुग्न लगभग २४ घण्टा लाग्नेछ ।

जापानी तथा दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार किम हरियो र पहेंलो रंगको रेल चढेर भियतनामको सीमाक्षेत्रको सहर दोङ दाङ पुग्नेछन् । त्यहाँबाट पुग्न १७० किलोमिटर टाढाको वार्तास्थलसम्म पुग्न किमले कार चढ्ने जनाइएको छ ।

ट्रम्प र किमबीचको दोस्रो सम्मेलन यही फेब्रुअरी २७ र २८ मा भियतनामको राजधानी हनोईमा हुँदै छ ।