२७ मंसिर २०८२, शनिबार
,
Latest
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ललितपुरमा ‘स्वदेशी बजार’ प्रदर्शनी शुरु एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछः मन्त्री घिसिङ भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

Ncell काण्ड : छर्रा ढाडबाट छिरेर छातिबाट निस्कँदा….



अ+ अ-

ललितपुर। बनेपा–८ की २४ वर्षीया उरुसा मानन्धरलाई शनिबार दिउँसो करिब २ बजे मेडिसिटी अस्पतालको पोस्ट अपरेसन वार्डबाट जनरल वार्डमा सारियो। लगत्तै हजुरआमाको फोन आयो। उनी कुरा गर्न थालिन् तर बक् फुटेन।

त्यसपछि उनको हातबाट एक आफन्तले हत्तपत्त मोबाइल थुतिन्। उरुसासँगै उनका बुवा सुरेन्द्रकाजी र आमा कृष्णदेवी पनि रुन लागे। उनी ललितपुरस्थित एनसेल कार्यालय अगाडि शुक्रबार भएको बम विस्फोटमा घाइते भएकी थिइन्।

‘एनेस्थेसियाले होला अहिले दुखेको छैन’, घरि रुँदै घरि हाँस्दै उनले भनिन्। देब्रे गोलीगाँठाको हाड टुक्राटुक्रा भएकाले दुईपल्ट शल्यक्रिया गरिसकेका छन्। उनको उपचारमा डा। राज राना र निभा चित्रकार रहेको अस्पतालकी मिडिया संयोजक मनिता पोखरेलले जानकारी दिइन्। ६ महिनायता मेडिसिटीमा कार्यरत थिइन्। उनका बुवाका अनुसार भारतको बंगलोरमा बीएससी नर्सिङ सकेर आएकी हुन्। डेढ वर्ष कोलकातामा काम गरेर ७ महिनाअघि मात्र घर फिरेकी हुन्।

सुरेन्द्रकाजीका अनुसार अन्य दिनभन्दा शुक्रबार अबेरसम्म ड्युटी परेकाले अस्पतालको स्टाफ बस छुट्यो। उनले घर फर्कन दाजुलाई बोलाइन्। बनेपाबाट आउजाउ गर्न कठिन भएकाले नैकापस्थित मामाघरमा बस्ने गरेकी थिइन्। दाजुसँग मोटरसाइकलमा जाँदा बमले खुट्टामा भेट्टायो। आमा कृष्णदेवीले भनिन्, ‘नानु भाग्यले बाँची।’ उनले पछिल्तिर ब्याग बोकेकी थिइन्, त्यसमा टिफिनको बट्टा पनि थियो। टिफिन टुक्राटुक्रा भएको छ। उरुसाले भनिन्, ‘धन्न टिफिनले ढाड बचायो।’ विस्फोटमा उनको जुत्ता पनि फाटेको छ।

खबर पाउनासाथ उनका बुवा अस्पताल आए पनि आमालाई केही बताइएको थिएन। त्यसैले आमा शनिबार बिहान मात्र अस्पताल आइन्। छोरी खतरामुक्त रहेको थाहा पाएर ढुक्क भएको सुनाइन्।

अर्की घाइते प्रतीक्षा खड्काकोे उपचारमा डा। अनिल आचार्य व्यस्त छन्। उनी मुटुरोग विशेषज्ञ हुन्। शुक्रबार राति नै शल्यक्रिया गरी उनको ढाडबाट धातुको टुक्रा निकालेको पति रितेश खड्काले बताए। ‘प्रेसर कुकरको सिट्ठी ढाडबाट छिरेर छातिबाट निस्कन लागेको थियो’, रितेशले भने। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।