३१ जेष्ठ २०८३, आईतवार
,
Latest
‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानान्तर प्रतिवेदन बुझ्न अध्यक्ष ओलीले दिएनन् समय



अ+ अ-

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शुक्रबारको सचिवालय बैठकले संगठनात्मक एकीकरण कार्यदल भंग गरेपछि समानान्तर प्रतिवेदन बुझाउने योजना बनाएका कार्यदलका बहुमत सदस्यलाई शनिबार अध्यक्ष केपी ओलीले समय नै दिएनन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले कार्यव्यस्तताको कारण देखाउँदै समानान्तर प्रतिवेदन बुझ्न आलटाल गरेका हुन् ।

‘शनिबारका लागि समय मागिएको थियो, तर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष व्यस्त बन्नुभएकाले प्रतिवेदन बुझाउन सकिएन,’ कार्यदलका सदस्य लेखराज भट्टले भने, ‘उहाँले समय दिनुभयो भने आइतबार बुझाउँछौँ ।’

केन्द्रीय सचिवालयको शुक्रबारको बैठकले कार्यदलको समय थप नगरेपछि असन्तुष्ट बहुमत सदस्यहरूले संयोजक रामबहादुर थापा बादलले बुझाएको प्रतिवेदनको अर्को समानान्तर प्रतिवेदन बुझाउने तयारी गरेका हुन् । उनीहरूले कार्यदल संयोजक थापा, अर्का सदस्य विष्णु पौडेल र अध्यक्ष केपी ओलीले कार्यदललाई काम गर्नै नदिएर काम गर्न नसकेको आरोप लगाउँदै कार्यदल भंग गरेको आरोप लगाएका छन् ।

नौ सदस्यीय कार्यदलमा थापा र पौडेलसहित योगेश भट्टराई, वर्षमान पुन, बेदुराम भुसाल, शंकर पोखरेल, लेखराज भट्ट, सुरेन्द्र पाण्डे र रघुवीर महासेठ सदस्य थिए । शुक्रबारको सचिवालय बैठकले कार्यदल विघटन गरेर पार्टी एकीकरणको बाँकी काम सचिवालयबाटै गर्ने निर्णय गरेको थियो । समानान्तर प्रतिवेदन योगेश भट्टराई, वर्षमान पुन, लेखराज भट्ट, बेदुराम भुसाल र सुरेन्द्र पाण्डेले तयार पारेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।




भर्खरै