८ पुष २०८२, मंगलवार
,
Latest
भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर अध्यक्ष थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला रेनुलाई राखेपको बधाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिदुरमा मोटरसाइकलको साटो एम्बुलेन्स



अ+ अ-

विदुर । विदुर नगरपालिकाको चौथो नगरसभाले एम्बुलेन्स खरीद गरेर आफैँले एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।


नगरपालिकाले खरीद गर्ने एम्बुलेन्स सेवाको व्यवस्थापनका लागि वडा नं ९ का वडाध्यक्ष शनी चित्रकारले नगरपालिकाबाट आफूलाई प्राप्त मोटरसाइकल सुविधा नलिने घोषणा गर्नुभएको छ । वडाध्यक्ष चित्रकारले आफ्नो वडामा मोटरसाइकल खरीदका लागि विनियोजन गरिएको रकम एम्बुलेन्स सेवाको व्यवस्थापनका लागि प्रयोग गर्न नगरपालिकासँग आग्रह गर्नुभएको हो ।


विदुरका वडा नं ९ बाहेक सबै वडाले नगरपालिकाबाट विनियोजित रकमबाट मोटरसाइकल खरीद गरिसकेका छन् । नगरपालिकाभित्र अति आवश्यक योजना सञ्चालनका लागि उपप्रमुख गीताकुमारी दहालद्वारा प्रस्तुत रु २२ करोड ४८ लाखको पूरक बजेट स्वीकृत गरिएको छ ।
बजेटमा सडक विस्तार तथा स्तरोन्नति, खानेपानी योजना सञ्चालन, वडा कार्यालयमार्फत थप बजेट कार्यान्वयनका साथै लक्षित क्षेत्रका लागिसमेत थप रकम विनियोजन गरिएको छ । पुस मसान्तसम्म चालुगत खर्चमा रु १९ करोड ६४ लाख र पूँजीगततर्फ रु १० करोड २६ लाख खर्च भएको नगरपालिकाले जनाएको छ ।