६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा २५ खेलाडीलाई बोलाइयो



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि २५ खेलाडीलाई बोलाइएको छ ।

थाइल्याण्ड र थाइ क्लब चोनबरी एफसीसँगको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणमा २५ खेलाडीलाई डाकेका हुन् । 

नेपालले थाइल्याण्डसँग मार्च २४ मा खेल्ने तय भइसकेको छ । 
यस्तै नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त खेल मार्च २७ मा हुनेछ । दुबै खेल चोनबरीमा हुने एन्फाले जनाएको छ ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो ।

छनोटमा नेपाल  समूह ‘ए’मा रहेको छ जसमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

प्रशिक्षणमा बोलाइएका खेलाडीहरुः 
किरण कुमार लिम्बु, टिकेन्द्र थापा, दीप कार्की, आशिष लामा, आयुष घलान, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, नविन गुरुङ, दर्शन गुरुङ, नितिन थापा, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढा मगर, सुमन अर्याल, सुमन लामा, सुदिप गुरुङ, सुरज ज्यु ठकुरी, तेज तामाङ, सुबाश गुरुङ, रोहित चन्द, जगजित श्रेष्ठ