२८ आश्विन २०८१, सोमबार
,
Latest
ड्रोन तनाव बढेपछि ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाको भनाइ घरमा कहिल्यै पनि यस दिशामा नराख्नुहोस् ऐना ! धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा… सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टेरमा अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज दुर्घटना न्यूनीकरणका लागि नि:शुल्क खाजासहितको विश्रामस्थल नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहले आठ जिल्लाका सिडि‍‍ओ हेरफेर



अ+ अ-

काठमाडौं । गृहमन्त्रालयले शुक्रबार आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को जिम्मेवारी हेरफेर गरेको छ। जसअनुसार इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रहेको सुशील वैद्यलाई कञ्चनपुरको कायममुकायम प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

रोतहटको कामु सिडिओमा गृहमन्त्रालयमा किरण थापा, पाँचथरको सिडिओमा गृहमन्त्रालयमा कार्यरत उपसचिव मुरारी वस्ती तथा कञ्चनपुरका कामु सिडिओ शंकरबहादुर विष्टलाई दार्चुलाका सिडिओको जिम्मेवारी दिइएको समाचार नयाँ पत्रिका दैनिकमा छ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक सिडिओका रुपमा कार्यरत सुरेशकुमार बझाङका सिडिओ भएका छन्। भक्तपुरका सहायक सिडिओ जयकुमार घिमिरे मुगुका सिडिओ, सिन्धुपाल्चोकका सहायक सिडिओ दुर्गा बन्जाडे जुम्लाका सिडिओ तथा इलाका प्रशासन कार्यालय साँखुमा कार्यरत मुकेश केसरीलाई डोल्पाको सिडिओ बनाइएको छ।