२८ आश्विन २०८१, सोमबार
,
Latest
घरमा कहिल्यै पनि यस दिशामा नराख्नुहोस् ऐना ! धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा… सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टेरमा अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज दुर्घटना न्यूनीकरणका लागि नि:शुल्क खाजासहितको विश्रामस्थल नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वसाधारणलाई सेयर बाँड्दै एनसेल



अ+ अ-

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल ‘पब्लिक’ कम्पनीमा रुपान्तरण हुने तयारीमा छ। कम्पनी एन २०६३ को पछिल्लो संशोधित व्यवस्थाअनुसार आगामी वैशाखभित्र पाँच करोड रुपियाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहर पब्लिकमा जानुपर्ने भएकाले त्यसैअनुसार तयारी भइरहको कम्पनीले जनाएको छ।

‘हाम्रो तर्फबाट हुनुपर्ने कम्पनीलगायतका तयारी पूरा भइसकेको छ।’ नाम उल्लेख नगर्ने सर्तमा कम्पनीका एक अधिकारीले भने, छिट्टै कम्पनी रजिस्टारको कार्यालयमा पब्लिक कम्पनीका रुपमा दर्ता गराउँदछौं। उनका अनुसार दूरसञ्चार ऐन २०६३ मा पनि संशोधन प्रक्रिया अघि बढेको अवस्थामा सेयर संरचनाका कतिपय विषयमा भने कम्पनीले निर्णय गर्न सकेको छैन् ।

कानुनमा व्यवस्था भएअनुसार वैशाखभित्र पब्लिक कम्पनीका रुपमा दर्ता हुन्छौं। पब्लिक कम्पनीमा रुपान्तरण भएपछि एनसेलले सर्वसाधारणलाई शेयर जारी गर्नुपर्छ भन्ने खबर गोरखापत्र दैनिकमा छ ।