१२ भाद्र २०८३, शुक्रबार
,
Latest
आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाइजोले टीकाटालो रद्द, ५० हजार दाइजो दिन नसक्दा आत्महत्या



अ+ अ-

पर्सा । दुई महिनाअघि मात्र उनको टीकाटालो रद्द भएको थियो । पर्साको जिराभवानी गाउँपालिका, ३ सेढवाकी १८ वर्षीया लालसाकुमारी बिनका अभिभावकसँग बेहुला पक्षले एउटा मोटरसाइकलसहित ५० हजार नगद मागेको थियो ।

छिमेकी निचुटा गाउँका एक युवकसँग उनको टीकाटालो भएका थियो । दाइजो कसरी दिउँ भन्दै उनका पिताले गुनासो गरेकाृ उनले सुनेकी थिइन् । टीकाटालो रद्द भएपछि उनी सुर्ताउन थालिन् ।

यसपटक भने सीमापारि भारतबाट केटा पक्ष आउन लागेका थिए । केटा पक्षले ५० हजार नगद मागेको आफ्ना पिता चन्द्रिका मुखियाले शनिबार राति घरमा सुनाए । परिवारमा फेरि नियास्रो वातावरण छायो । केटा पक्ष सोमबार टीकाटालो गर्न आउँदै थिए । दुई दिनअघि लालसाकुमारी आफैसँग हारिन् । प्रहरीका अनुसार उनले आत्महत्या गरिन् ।

परिवारले उनको शव सद्गत गर्न लाग्दा आइतबार मध्याह्न् प्रहरीले स्थानीय चन्दावती खोलाबाट नियन्त्रणमा लियो । पोस्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल पुर्याएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी अनन्तराम शर्माका अनुसार किशोरीको स्वाभाविक मृत्यु नभई आत्महत्या भएको सूचना आएपछि प्रहरी टोली आर्यघाट पुगेको हो । यो समाचार कान्तिपुर दैनिकमा छ।