१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारी जानेको सख्या घट्दो, रेमिट्यान्स पनि घट्ने



अ+ अ-

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीलाई निरुत्साहित गरी स्वदेशमा नै रोजगारी दिने योजना ल्याइरहेका बेला विदेश जाने नेपालीको संख्या पनि घटेको देखिएको छ ।

मेलेसिया र कतार संकटका कारण वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या १४ प्रतिशतले घटेको देखिएको हो । यसको असर तत्काल रेमिट्यान्स आप्रवाहमा नदेखिए पनि अर्को वर्ष भने रेमिट्यान्स घट्ने देखिन्छ ।

गत आर्थिक वर्षको ७ महिनाको तुलनामा चालू आर्थिक वर्षको माघसम्म वैदेशिक रोजगारीमा जाने युवाको संख्या १४ प्रतिशतले घटेको हो ।

खाडी राष्ट्रमा आएको आर्थिक मन्दी र मलेसिया जान रोक लगाएसँगै चालू आर्थिक वर्षको ७ महिनासम्म वैदेशिक रोजगारीमा जाने युवाको संख्या एक्कासी घटेको देखिन्छ । यो समाचार आजको कारेबार दैनिकमा छ ।