१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय प्रधानमन्त्री मोदीले कर्मचारीको खुट्टा धोएपछि…



अ+ अ-

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उत्तर प्रदेशको प्रयागराजमा पाँच सफाई कर्मचारीको खुट्टा धोएपछि उनीहरुलाई कुम्भ मेलामा विशेष योगदानका लागि सम्मानित गरेका छन् ।

कुनै प्रधानमन्त्री यस्तो गरेको यो पहिलो घटना हो । खुट्टा धोएपछि मोदीले भने, ‘सफाई कर्मचारीको मैले चरण धोएर मैले बन्दना गरेँ, त्यो पल म जीवनभरी बिर्सने छैन ।’

‘उनीहरुको आशिर्वाद, स्नेह, तपाईंहरु सबैको आशिर्वाद, तपाईंहरु सबैको स्नेह ममाथि यसरी नै रहिरहोस् । यसरी नै म तपाईंहरुको सेवा गर्छु, यही कामना छ,’ उनले थपे ।

मोदीले यी कर्मचारीहरुकै परिश्रमले यसपटक कुम्भको पहिचान स्वच्छ कुम्भको रुपमा भएको छ । एजेन्सी