१५ भाद्र २०८३, सोमबार
,
Latest
पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्याक्टरको ठक्करबाट मायाको मृत्यु



अ+ अ-

उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका– ९ स्थित मधुमल्ला तोरीबारी सडक खण्डमा गएराति ट्याक्टरको ठक्करबाट पैदलयात्री एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।


दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२त ६६५० नंको ट्याक्टरको ठक्करबाट सोही ठाउँकी ३२ वर्षीया माया तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।


ठक्कर दिने ट्याक्टरलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । मृतक तामाङको शव परीक्षणका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा राखिएको छ ।