८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोका दिएको भन्दै सोनाक्षी विरुद्ध मुद्दा दर्ता



अ+ अ-

भारतको लखनउमा बलिउड नायिका सोनाक्षी सिन्हासमेत पाँचजनाविरुद्ध धोका दिएको भन्दै मुद्दा दर्ता गरिएको छ । उनीहरुविरुद्ध ३७ लाख भारु लिएर धोका दिएको आरोप लागेको छ । सोनाक्षीले एड्भान्स लिएर पनि दिल्लीमा आयोजित कार्यक्रममा उपस्थित नभएको बताइन्छ ।

भारतीय समाचार एजेन्सी अनुसा आयोजक प्रमोद शर्माले पुलिसलाई यसबारे उजुरी पनि दिए तर आरोपीविरुद्ध कुनै कारवाही भइरहेको थिएन । दुःखी प्रमोदले फेब्रुअरी १३ मा विष खाएर आत्महत्या गर्ने कोसिस गरे । अनुसन्धानपछि अभिनेत्री सोनाक्षी, ट्यालेन्ट फूल अन कम्पनीका अभिषेक सिन्हा, मालविका पंजाबी, धुमिल ठक्कर र एडगर सकारियालाई आरोपी बनाइयो ।

सोनाक्षीलाई अवार्ड कार्यक्रममा जानुथियोः

कटघर इलाकाको शिवपुरी गाउँका प्रमोद शर्माले नोभेम्बर २४ मा मुरादाबादका एसएसपीलाई सोनाक्षी सिन्हाविरुद्ध ऊजुरी दिएका थिए । प्रमोदका अनुसार उनले दिल्लीमा ३० सेप्टेम्बरमा इन्डिया फेशन एण्ड ब्यूटी अवार्ड कार्यक्रमको आयोजना गरेका थिए । यसमा अवार्ड बाँड्न सोनाक्षी पनि जानुथियो । यसका लागि प्रमोदले ट्यालेन्ट फूल अन कम्पनीसँग कन्ट्र्याक्ट गरेका थिए । प्रमोदको दाबी अनुसार सोनाक्षीकी नीजि सचिव मालविका पंजाबीसाग कुराकानीपश्चात् उनले ३७ लाख उनको खातामा अनलाइन ट्रान्सफर गरेका थिए तर सोनाक्षीले कार्यक्रममा आउन अस्विकार गरिन् । एजेन्सी