१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवादास्पद चलचित्र “ग्रीन बूक” ले जित्यो ओस्कार पुरस्कार



अ+ अ-

अमेरिका । नागरिक अधिकारको पक्षमा लेखिएको विवादास्पद हलिउड चलचित्र “ग्रीन बूक” ले यस वर्षको ओस्कार स्वर्णपदक जितेको छ ।

यस चलचित्रमा सन् १९६० को दशकमा संयुक्तराज्य अमेरिकाको दक्षिण क्षेत्रमा बसोबास गर्ने एकजना गोरा ड्राइभर र काला जातिका पियानो बादकबीचको प्रेममय सम्बन्धलाई कथावस्तुमा समेटिएको छ ।

अल्फोन्सो कुआरोनको उत्तिकै प्रभावशाली चलचित्र “रोमा” लाई पछि पार्दै ग्रीन बूकलाई ओस्कार प्रदान गरिएको छ ।

ग्रीन बूकका पियानोबादकको भूमिकामा रहेका माहेरशाला अलिले उत्कृष्ट सहयोगी पात्र तथा ड्राइभरको भूमिका निर्वाह गर्ने भिग्गो मोर्टसेनले उत्कृष्ट नायकको पुरस्कार पाए । यस चलचित्रले पाँच वटा विधामा पुरस्कार प्राप्त गरेको थियो ।

“यो चलचित्रको पूरै कथावस्तु प्रेमसँग जोडिएको छ । हामीबीच मतान्तर रहेपनि यसमा एकअर्काप्रति स्नेहभाव छ र हामी को हौं भन्ने सत्य उद्घाटित छ । हामी सबै एक हौं,” हलिउडमा आयोजित पुरस्कार वितरण समारोहमा निर्देशक पिटर फारेलीले बताP ।

कथामा समेटिएका शर्ले र लीप दुबै असाध्यै मिल्ने साथी थिए, र उनीहरु दुबैको सन् २०१३ मा निधन भएको थियो ।