१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीले आज रुपन्देही र कपिलवस्तु भ्रमण गर्ने



अ+ अ-

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी आज रुपन्देही र कपिलवस्तुका विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति भण्डारीले लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ स्थापना दिवसका अवसरमा आयोजित मूल कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्टपतिको कार्यालयले जनाएको छ ।

विश्वविद्यालयले आयोजना गरेको प्रथम त्रियान प्रज्ञा सम्मेलन तथा पुस्तकालय भवन उद्घाटन गर्नुहुने कार्यक्रम रहेको विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले बताउनु भएको छ ।

तीन तले पुस्तकालय भवनमा बैठक कक्ष, इ लाइब्रेरी, पुस्तक कक्ष, आइटी रुम, भिडियो कन्फ्रेन्स रुम र ५०० क्षमताको सभाहल रहेका छन् । उक्त केन्द्रीय पुस्तकालय रु नौ करोड २० लाखको लागतमा विश्वविद्यालयले निर्माण गरेको हो ।

स्थापना दिवसको मूल समारोहमा राष्ट्रपतिले राष्ट्रपतिले विश्वविद्यालयले प्रकाशन गरेका छवटा पुस्तक अशोक वदान, इतिवुत्तक, बुद्धवंश, बुद्ध र ब्रह्म, सिद्धार्थ चरित्रम् पुस्तकको लोकार्पण गर्नुहुने रजिष्ट्रार आचार्यले बताए । त्यस्तै बुद्ध मूर्तिको अनावरण र सम्मान कार्यक्रमसमेत राखिएको छ ।

त्रियान प्रज्ञा सम्मेलन कार्यक्रममा नेपालमा अभ्यास भइरहेका बौद्ध दर्शनका यी तीन बाटोको संस्कृतिलाई समृद्धिसँग कसरी जोडेर लैजान सकिन्न भन्ने विषयमा सम्मेलन गर्न लागिएको विश्वविद्यालयले जनाएको छ ।

थेरवाद र महायान बौद्ध दर्शनका दुई पाटामध्ये नेपालमा महायानभित्र पनि बज्रयानको संस्कृतिलाई समृद्धिसँग कसरि जोड्न सकिन्छ भन्ने विषय विज्ञमार्फत सम्मेलनमा मन्थन हुनेछ ।

यस्तै राष्ट्रपति भण्डारीले कपिलवस्तुको वाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा निर्माण गरिएका प्रवेशद्वार र विश्रामगृहको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीले कैलाश आश्रममा सञ्चालन भइरहेको महायज्ञमा सरिक हुने र संक्षिप्त मन्तव्यको कार्यक्रमसमेत रहेको बताइएको छ ।

राष्ट्रपति भण्डारी  हालै मात्र लुम्बिनीमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनु भएको थियो ।




भर्खरै