२२ भाद्र २०८३, सोमबार
,
Latest
कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलको शानदार जित, तेस्रो स्थानमा अझ सुदृढ, चेल्सी र सिटी पनि विजयी



अ+ अ-

इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार लिभरपुलले एभर्टनलाई ४ – १ गोल अन्तरले पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा लिभरपुलले एभर्टनलाई हराएको हो ।

लिभरपुलको जितमा मोहमद सलाहले दुई गोल गरे भने जोर्डन हेण्डरसन र डिएगो जोटाले एक/एक गोल गरे । एभर्टनका लागि डेमाराई ग्रेले एक गोल फर्काए ।

यस जितसँगै लिभरपुल लिगको तेस्रो स्थानमा पुगेको छ । उसले १४ खेलमा ३१ अंक जोडेको छ भने एभर्टन १५ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

अर्को खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई पराजित गरेको छ भने पहिलो स्थानको चेल्सीले वाट्फोर्डलाई हराएको छ।

बुधबार राति भएका खेलमा सिटीले भिल्लालाई र चेल्सीले वाट्फोर्डलाई समान २ – १ गोल अन्तरले हराएका हुन् ।

भिल्लाको मैदानमा रुबेन डियासले २७ औं मिनेटमा, ४३ औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गरेका थिए । त्यसपछि खेलको ४७ औं मिनेटमा भिल्लाका ओली वाट्किन्सले गोल गरेपनि सिटीले २ – १ को जित निकाल्यो ।

अर्को खेलमा चेल्सीका मासन माउन्ट र हाकिम जिएचले एक – एक गोल गरे । वाट्फोर्डका इमानुएल डेनिसले एक गोल फर्काए पनि जितका लागि प्रर्याप्त हुन सकेन ।

जितसँगै चेल्सीले १४ खेलमा ३३ अंक जोडेर शीर्ष स्थान कायम राखेको छ भने सिटी १४ खेलमा ३२ अंक जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ ।