१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्नीको नग्न फोटो बेचेर ५० डलर कमाउँथे उनका भाई



अ+ अ-

बलिउड अभिनेत्री सन्नी लियोनी यतिबेला आफ्नो बायोपिक ‘करणजित कौर’ का कारण चर्चामा छिन् । यो वेब सिरिजका रुपमा आएको यो बायोपिकले उनको जीवनका धेरै रहस्यहरु उद्घाटित गरिदिएको छ ।

गाउँकी एउटी सोझी केटी करणजित अश्लिल चलचित्रकी नायिका सन्नी लियोनी कसरी बनिन् भन्ने फिल्मले उजागर गरेको छ । करणजितदेखि सन्नी लियोनीसम्मको यात्रामा एब महत्वपूर्ण पात्र हुन् उनका भाई सन्दिप । ‘सन्नी लियोनी’ भनेर नामाकरण उनैले गरेका रहेछन् । हाल उनी अमेरिकामा कुकको काम गरिरहेका छन् ।

सन्नीले सन् २०१३ मा पेन्टाहाउसमा ‘पेट अफ द इयर’ को उपाधि जितेपछि अमेकिरामा उनको फ्यान फलोइङ ह्वात्तै बढेको थियो । फ्यानहरु उनको अटोग्राफ लिन र तस्वीर संकलन गर्न आतुर थिए । तर धेरैको पहुँच थिएन । यस्तोमा सन्दिपले आफ्नी दिदीको अर्धनग्न र नग्न फोटोमा अटोग्राफ लिएर साथीभाईहरुमार्फत बजारमा बेच्ने गरेका थिए । उनी एउटा फोटोबाट ४०-५० डलरसम्म कमाउँथे ।

सन्नीले पहिलो पटक न्यूड फोटोसेसन गराउँदा सन्दिप त्यहाँ उपस्थित थिए । दिदीको यस कार्यमा उनले कुनै आपत्ति जनाएनन् बरु साथ दिए । पेन्टहाउस म्यागजीनका लागि सो फोटोसेसन भएको थियो ।

त्यतिबेला सन्नीको नाम करणजित नै थियो । निर्देशकले फोटोअनुसार नाम नसुहाएको भन्दै बदल्न सुझाव दिए । र, सन्दिपले नै सन्नी लियोनी नाम सुझाए । एक प्रख्यात इटालियन निर्देशक सर्जियो लियोनीको थर उनले दिदीका लागि प्रयोग गरेका थिए । यो नाम सन्नीलाई निकै फाप्यो र उनी पोर्न इन्डष्ट्रीमा चर्चित बनिन् ।