८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवगन भन्छन् : “सबै मारिनेछ”, पाकिस्तानी छानि-छानि मारिनेछ



अ+ अ-

काठमाडैँ । मङ्गलबार बिहान बिहान ३ः३० बजे भारतीय वायु सेनाले बालाकोट नामको क्षेत्रमा प्रवेश गरे र एयर स्ट्राइक (आतंवादी लडाकु)लाई मारे। मरेज फाइटर जेटले बालाकोट र मुजफ्फरबादको नजिकै आतंकवाद शिविरहरुलाई पनि नष्ट गर्यो।

सो घटना लगतै मोदी सरकारको यो कडा कदमलाई बलिउडका कलाकारहरुले प्रशंसा गरेका छन् । बलिउडका कलाकार अनूपम खेर, पारेश रावल, अशोक पण्डित, मुग्दा गोदास, अभिषेक बच्चन र अजय देवगनले मोदी सरकार र एयर फोर्सलाई बधाई दिएका छन् ।

अजय देवगनले काश्मिरको पलुवामामा भएको आतंकवादी हमलापछि भारतको जबाफी हमलाको स्वगत गदै अंग्रेजीमा टुईट गर्दै लेखेका छन् “सबै भन्दा राम्रो काम, इन्डियन आर्मी सलाम” अजय देवगनले भनेका छन् “सबैभन्दा राम्रो व्यक्ति हिँड्दा अर्को मानिस पनि मारिनेछ।”

अजय देवगनपछि अभिषेक बच्चनले ट्वीट गरे र लेखे “म मोदी सरकारलाई नमन गर्छु ।”त्यसलगतै अर्का अभिनेता अनुपम खेरले लेखे “म भारतीय सेनाको बहादुरीलाई सम्मान गर्छु, जय होस् ।”

अर्का कलाकार अशोक पण्डितले लेखे “छानि छानि मारिने छ,भारतीय सेनालाई मेरो सम्मान ।”

गत १४ फेब्रुअरीमा भारत प्रशासित काश्मिरको पलुवामामा आतंकवादी समूहको आक्रमणबाट ४६ भारतीय सैनिक मारिएका थिए । उक्त आतंकवादी समूहलाई पाकिस्तानले संरक्षण दिएको आरोप भारतले लगाइरहेको छ । यसले गर्दा दुई देशबीचको सम्वन्धमा तनाव उत्पन्न भइरहेको छ ।