१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

युक्रेन युद्धसँगै पुटिन थप शक्तिशाली भए, रुसमा लोकप्रियता ७१ प्रतिशत पुग्यो

युक्रेन युद्धसँगै पुटिन थप शक्तिशाली भए, रुसमा लोकप्रियता ७१ प्रतिशत पुग्यो
अ अ+ अ-

मस्को । युक्रेन युद्धका कारण रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको लोकप्रियता फेरि उचाइमा पुगेको छ ।

एक सरकारी एजेन्सीद्वारा गरिएको पछिल्लो सर्वेक्षणअनुसार रुसमा युक्रेन युद्धका बारेमा छिटपुट विरोधका बीच ६५ प्रतिशत रूसी जनताले युक्रेनमा पुटिनको ‘विशेष सैन्य अपरेशन’ लाई अनुमोदन गरेका छन् ।

यति मात्र होइन अर्को स्थानीय सर्वेक्षणमा ७१ प्रतिशतले पुटिनप्रति विश्वास व्यक्त गरेका छन् । युक्रेन युद्ध सुरु हुनुअघि पुटिनमाथि रुसी जनताको विश्वास ६० प्रतिशत मात्रै थियो ।

सेन्ट पिटर्सबर्गका ट्याक्सी चालक लीले एसिया टाइम्सलाई भने, “पुटिनले जे गरिरहेका छन् ठीकै छन्। युक्रेनले हामीलाई कुनै विकल्प छोडेन। हामीले डोनबास क्षेत्रमा रुसी जनताको नरसंहार रोक्नुपर्‍यो ।”

रुसले युक्रेनमा गरेको आक्रमणको एकातिर पश्चिमा राष्ट्रहरुले निन्दा गरिरहेका छन् भने रुसी राष्ट्रपतिले यस सैन्य कारबाहीमा आफ्नो देशको ठूलो जनसङ्ख्याको समर्थन पाइरहेका छन् ।

रुसी राष्ट्रपति कार्यालयले पुटिनले विशेष सैन्य कारबाही गरेर युक्रेनका जनतालाई फासीवादी सरकारबाट मुक्त गराउने काम गरिरहेको दाबी गरेको छ ।

‘रुसले युद्ध सुरु गरेको होइन, अन्त्य गरिरहेको छ’

रुसका जनताले क्रेमलिनको यो दाबीलाई समर्थन गरेको देखिन्छ ।

रुसी सरकारी एजेन्सीले गरेको सर्वेक्षणले युक्रेनमा कारबाही गरेर रुसले डोनबास क्षेत्रमा रुसी भाषा बोल्ने जनताको सुरक्षा गरिरहेको रुसी जनताको विश्वास रहेको पनि खुलासा भएको छ ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले भनिन्, “रुसले युद्ध सुरु गरेको होइन । उसले यसलाई पूरा गर्दैछ ।” यही कारण युद्धपछि पुटिनको लोकप्रियता ६० प्रतिशतबाट बढेर ७१ प्रतिशत पुगेको छ ।

यसअघि क्रिमियालाई युक्रेनबाट अलग गरेपछि पनि रुसमा पुटिनको लोकप्रियता निकै बढेको थियो । त्यसबेला पनि रुसले  क्रिमियाका रुसी जनतालाई किभ सरकारबाट रक्षा आवश्यक छ भनी देखाउने प्रयास गरेको थियो ।

यसपछि रुसी जनता देशको झण्डा बोकेर सडकमा उत्रिए र पुटिनको लोकप्रियता उकालो लाग्न थाल्यो ।

आज युक्रेनमा युद्धको १४ औँ दिन हो र त्यहाँ दुई पक्षबीच युद्धविरामका सम्बन्धमा उनीहरूको अडानमा केही नरम भएको देखिन्छ।

युक्रेनका राष्ट्रपतिले आफ्नो देश नेटोमा सामेल नहुने घोषणा गरेका छन् । यो रुसको प्रमुख माग पनि थियो ।