२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनालाई १ अर्बको हतियार



अ+ अ-

काठमाडौँ । सरकारले सेनाका लागि १ अर्ब रुपैयाँको हतियार किन्ने भएको छ । एम १६ राइफल, गोलीगठ्ठालगायत खरिद गर्न लागिएको रक्षा मन्त्रालयले जनाएको छ ।
सेनालाई स्रोतसाधनसम्पन्न बनाउन लागिपरेका छौँ, एक वर्षमा गरेका कामबारे जानकारी दिँदै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भने, सेना राख्ने हो भने हतियार त चाहियो नि ।’ तर, सार्वजनिक खरिद ऐन बाधक रहेको उनले सुनाए । हाम्रो ऐन तथा नियमावलीले एकै चोटी भुक्तानी गर्न दिँदैन, उनले भने, अमेरिकासँग जी टु जी सम्झौता गरेपछि एकै पटक पाउनुपर्छ भन्ने हो ।’ ऐन संशोधनको तयारी रहेको उनले सुनाए ।

अमेरिकाले सन् २००२ देखि चारवटा स्काई ट्रक’ अनुदानमा उपलब्ध गराउने बताउँदै आएको छ । तर, अझै आएको छैन । अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले सोमबार काठमाडौँमा जतिसक्दो छिटो पठाउने तयारी रहेका बताएका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।