२७ जेष्ठ २०८३, बुधबार
,
Latest
एमसिए–नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य शुभारम्भ सनातन राज्यको पक्षमा बोल्दा बलात्कार र ज्यान मार्ने धम्की आयोः खुश्बु ओली प्रधानमन्त्रीको स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको अवरोध कायमै श्रमबजारका चुनौती सामना गर्न नीतिगत लचकतामा जोड प्रधानमन्त्री स्वयंले स्पष्टिकरण दिनुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष राईको माग प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ अर्थसमितिमा बजेटबारे छलफलः सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग : एभर्टन र लेष्टर सिटीको सहज जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले कार्डिफ सिटीमाथि सहज जीत हात पारेको छ ।

मंगलबार राति भएको खेलमा उसैको मैदानमा कार्डिफ सिटीलाई एभर्टनले ३–० गोलअन्तरले पराजित गरेको हो । एभर्टनको जीतमा गिल्फी सिगुर्डसनले दुई र कलभर्ट लेविनले एक गोल गरे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको एभर्टनले दोस्रो हाफमा थप दुई गोल गर्दै जित हात पारेको थियो । खेलको ४१ औं मिनेटमा सिगुर्डसनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए ।

खेलको ६६औं मिनेटमा सिगुर्डसनले नै दोस्रो गोल गर्दै एभर्टनलाई २–० गोलको अग्रतामा पुर्याए । अतिरिक्त समयमा लेविनले गोल गर्दै एभर्टनलाई कार्डिफ सिटीमाथि ३–० गोलको जित दिलाए ।

त्यस्तै लेष्टर सिटीले ब्राइटनलाई २–१ गोलअन्तरले पराजित गरेको छ । अर्को खेलमा न्युक्यासलले बर्नेलीलाई २–० गोलअन्तरले पराजित गर्दा हडर्सफिल्डले वोल्भेसलाई १० गोलअन्तरले पराजित गरेको छ ।