८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग : एभर्टन र लेष्टर सिटीको सहज जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले कार्डिफ सिटीमाथि सहज जीत हात पारेको छ ।

मंगलबार राति भएको खेलमा उसैको मैदानमा कार्डिफ सिटीलाई एभर्टनले ३–० गोलअन्तरले पराजित गरेको हो । एभर्टनको जीतमा गिल्फी सिगुर्डसनले दुई र कलभर्ट लेविनले एक गोल गरे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको एभर्टनले दोस्रो हाफमा थप दुई गोल गर्दै जित हात पारेको थियो । खेलको ४१ औं मिनेटमा सिगुर्डसनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए ।

खेलको ६६औं मिनेटमा सिगुर्डसनले नै दोस्रो गोल गर्दै एभर्टनलाई २–० गोलको अग्रतामा पुर्याए । अतिरिक्त समयमा लेविनले गोल गर्दै एभर्टनलाई कार्डिफ सिटीमाथि ३–० गोलको जित दिलाए ।

त्यस्तै लेष्टर सिटीले ब्राइटनलाई २–१ गोलअन्तरले पराजित गरेको छ । अर्को खेलमा न्युक्यासलले बर्नेलीलाई २–० गोलअन्तरले पराजित गर्दा हडर्सफिल्डले वोल्भेसलाई १० गोलअन्तरले पराजित गरेको छ ।