१५ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा रु १५ लाख सहयोग हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तान रुबिनाको ह्याट्रिकसँगै नेपालद्धारा कुवेत पराजित



अ+ अ-

काठमाडौँ । वुमन्स टि–२० वल्र्ड कपको एसिया छनोट अन्तरगत कुवेतविरुद्धको खेलमा नेपाल ३० रनले विजयी भएको छ । नेपालले दिएको एक सय १७ रनको चुनौति पछ्याउने क्रममा कुवेत ९ विकेट क्षेतिमा ८६ रनम समटिएको हो ।

नेपालले पहिलो ब्याटिङ गर्दै एक सय १६ रनको स्कोर खडा गरेको थियो । नेपालका लागि बिन्दु रावलले २८, नेरी थापाले १९ र कप्तान रुबिना क्षत्रीले २२ रनको योगदान दिएकी थिईन् ।

कुवेतका मरियाम ओमार र प्रियादा मुरलीले २२ विकेट लिएका थिए ।

सामान्य लक्ष्य पछ्याउने क्रममा कुवेतले राम्रो सुरुवात गरेको थियो । एक समय १ विकेटमा ६३ रन बनाएको कुवेतले रन रेट उकास्न नसक्दा दवावमा पर्‍यो । त्यसपछि ठूला सट खेल्ने चक्करमा लगातार विकेट गुमाउन पुग्यो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ह्याट्रिक पुरा गरिन् । उनले २० औं ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिएकी थिइन् ।