८ पुष २०८२, मंगलवार
,
Latest
सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तान रुबिनाको ह्याट्रिकसँगै नेपालद्धारा कुवेत पराजित



अ+ अ-

काठमाडौँ । वुमन्स टि–२० वल्र्ड कपको एसिया छनोट अन्तरगत कुवेतविरुद्धको खेलमा नेपाल ३० रनले विजयी भएको छ । नेपालले दिएको एक सय १७ रनको चुनौति पछ्याउने क्रममा कुवेत ९ विकेट क्षेतिमा ८६ रनम समटिएको हो ।

नेपालले पहिलो ब्याटिङ गर्दै एक सय १६ रनको स्कोर खडा गरेको थियो । नेपालका लागि बिन्दु रावलले २८, नेरी थापाले १९ र कप्तान रुबिना क्षत्रीले २२ रनको योगदान दिएकी थिईन् ।

कुवेतका मरियाम ओमार र प्रियादा मुरलीले २२ विकेट लिएका थिए ।

सामान्य लक्ष्य पछ्याउने क्रममा कुवेतले राम्रो सुरुवात गरेको थियो । एक समय १ विकेटमा ६३ रन बनाएको कुवेतले रन रेट उकास्न नसक्दा दवावमा पर्‍यो । त्यसपछि ठूला सट खेल्ने चक्करमा लगातार विकेट गुमाउन पुग्यो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ह्याट्रिक पुरा गरिन् । उनले २० औं ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिएकी थिइन् ।