१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन–जापानबीच पुनः तनाव, जापानी राजदूतलाई चीनले सोध्यो स्पष्टीकरण



अ+ अ-

बेइजिङ । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको टिप्पणीलाई लिएर चीनले जापानी राजदूतलाई आपत्कालीन बैठकका लागि बोलाएको छ । 

चिनियाँ सहायक विदेशमन्त्री हुआ चुनयिङले राजदूत हिदेओ तारुमीसँगको भेटमा आबेको भनाइलाई ‘गलत’ तथा चीन र जापानबीचको सम्बन्धको आधारभूत मान्यताको उल्लङ्घन भएको बताउनुभएको चीनको विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

‘आबेको टिप्पणीले चीनको सार्वभौमसत्तालाई खुल्लमखुल्ला चुनौती दिएको र ताइवानको स्वतन्त्रता बलहरुलाई निर्लज्ज समर्थन दिएको छ’, हुवाले भन्नुयभो, ‘चीन यसको कडा विरोध गर्दछ ।’

बुधबार पूर्वप्रधानमन्त्री आबेले यदि चीनले ताइवानमाथि आक्रमण गरेमा त्यसलाई जापान वा अमेरिका कसैले पनि साथ नदिने बताउनुभएको थियो । 

एजेन्सी