२७ जेष्ठ २०८३, बुधबार
,
Latest
अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्धकार रातमा आगो बालेर शव सङ्कलन गरिदै



अ+ अ-

ताप्लेजुङ । “अन्धकार भिरमा आगो बालेर बसिरहेका छौँ, तीन वटा शव रुँघेर, फुरुरु हिउँ झरिरहेको छ, न ओताउने छाना, न राम्रोसँग अडिएर बस्ने ठाउँ, चिप्लिएर झरिहालियो भने एकै पटक तल पुगिन्छ,” हेलिकप्टर दुर्घटनास्थल ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित मयामको तारेढुङ्गाबाट ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले भन्नुभयो ।

घटनाबारे जानकारी हुनासाथ सदरमुकामबाट दौडिएका प्रहरी नायब उपरीक्षक थापा करीब ४ बजे घटनास्थलमा पुग्नुभएको थियो । कतै डोरी राखेर झुन्डिदै पुग्नुभएका प्रहरी नायब उपरीक्षकसँग प्रजिअ अनुज भण्डारी हुनुहुन्थ्यो । भण्डारी साँझ सदरमुकाम फर्किए पनि अहिले घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ४५ जनाभन्दा बढी सुरक्षाकर्मी शव रुँघेर बसिरहेका छन् ।

बिहानैदेखि ताप्लेजुङको मौसम प्रतिकुल बनेको छ । मध्याह्नदेखि पाथीभरा क्षेत्रमा हुरीबताससहित हिमपात भएको थियो । अहिले पनि हिमपात भइरहेको निरीक्षक थापाले बताउनुभयो । नेपाली सेनाको हेलिकप्टरले दुई पटक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएको छ । थापाले भन्नुभयो, “गर्दागर्दै रात पनि पर्यो मौसम प्रतिकुल भएपछि अरू शव हेलिकप्टरले उठाउन सकेन, मानिसले बोकेर निकाल्न सकिने अवस्था छैन, तीन शव रुँघेर बसेका छौँ, बिहान पुनः हेलिकप्टरबाट लैजाने तयारी भएको छ ।” हेलिकप्टरमा बास्केट राखेर शवहरू सुकेटारमा ल्याइएको हो । बिहीबार सबै शव सङ्कलन गरिसकेपछि काठमाडाँै लगिने बताइएको छ ।




भर्खरै