९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

इंग्लिस प्रिमियर लिग : लिभरपुल र सिटीको जित

इंग्लिस प्रिमियर लिग : लिभरपुल र सिटीको जित
अ अ+ अ-

काठमाडौँ । लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ ।

बुधबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा लिभरपुलले वाटफोर्डलाई ५–० गोलअन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा साडियो माने र भिर्गिल भान डिज्कले समान २–२ गोल गर्दा डिभोक ओरिगीले एक गोल गरे ।

नवौं मिनेटमा नै मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । २० औं मिनेटमा मानेले अर्को गोल गर्दै २–० गोलको अग्रता दिलाए । ६६ औं मिनेटमा ओरिगीले गोल गरेपछि लिभरपुलले ३–० गोलको अग्रता बनाएको थियो ।

एक पछि अर्को गोल गर्ने क्रममा ७९ औं र ८२औं मिनेटमा डिज्कले गोल गर्दै लिभरपुललाई ५–० गोलको जित दिलाए ।

शीर्ष स्थानमा रहेका लिभरपुलले जितसँगै २८ खेलबाट ६९ अंक बनाएको छ । पराजित वाटफोर्डको २८ खेलबाट ४० अंक छ ।

त्यस्तै अर्को खेलमा लिगको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ ।

आफ्नै घरेलु मैदानमा भएको खेलमा सिटीले वेष्टह्यामलाई १–० गोलको जित हात पारेको हो । सिटीको जितमा सर्जियो अग्युरोले गोल गरे । उनकै निर्णायक गोलमा सिटी जित हात पारेको हो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको सिटीले खेलको ५९ औं मिनेटमा पेनाल्टी पाएको थियो । पेनाल्टीबाट अग्युरोले गोल गरे ।

त्यस्तै, आजै भएको अर्को खेलमा आर्सनलले बर्नेमाउथलाई ५–१ गोलअन्तरले पराजित गरेको छ । त्यस्तै, अर्को खेलमा भने चेल्सीले टोटनह्यामलाई २–० गोलअन्तरले पराजित गर्न सफल भयो । क्रिस्टल प्यालेसमाथि म्यान्चेस्टर युनाइटेडले ३–१ गोलअन्तरले पराजित गर्दा अर्को खेलमा साउथह्याम्पटनले फुलह्यामलाई २–० गोलअन्तरले पराजित गरेको छ ।

सिटीले जितसँगै २८ खेलबाट ६८ अंक बनाएको छ । पराजित वेष्टह्यामको भने ३६ अंकछ । लिगको तेस्रो स्थानमा रहेको टोटनह्यामको भने २८ खेलबाट ६० अंक हुदा चौथो स्थानमा रहेको आर्सनलको ५६ अंक छ । यता पाँचौ स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडको २८ खेलबाट ५५ अंक हुदा छैटौ स्थानमा रहेको चेल्सीको ५३ अंक छ ।