२२ भाद्र २०८३, सोमबार
,
Latest
कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती
तपाईं के खोज्दै हुनुहुन्छ ?

कटरिना र विकीको विवाहमा सलमान खानको परिवारलाई बोलाइएन



अ+ अ-

काठमाडौँ । कटरिना केफ र विकी कौशलको यही डिसेम्बर ९ तारिखमा विवाह हुँदैछ । विवाहको तयारी करिबकरिब पूरा भइसकेको छ । विवााहका लागि डिजाइनरदेखि लिएर मेहन्दी र सङ्गीतसम्मको तयारी पूरा गरिएको छ । समाचार अनुसार कटरिना र विकीले आफ्नो विवाहका लागि अतिथिहरुलाई निमन्त्रणा पत्र पठाइसकेका छन् तर केही शर्त पनि राखेका छन् । 

विकी र कटरिनाको विवामा सहभागी हुने हस्तीहरुमा करण जौहरदेखि लिएर वरुण धवन, आलिया भट्ट, सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीजस्ता कयौँ कलाकारका नाम बाहिर आइरहेको छ । उता सलमान खानलाई निमन्त्रणा गरिएको बारेमा संशय देखिएको छ । केही साता पहिला सलमान उक्त विवाहमा सहभागी हुने खबरहरु आएका थिए । तर अहिले सलमानको कार्यतालिका अति व्यस्त भएकाले उनी विवाहमा जान नसक्ने हुन् कि भन्ने पनि बताइएको छ । 

यद्यपि केही समाचारमा कटरिना र विकीले सलमान र उनको परिवारलाई विवाहको औपचारिक निमन्त्रणा पत्र पठाएको दावी गरिएको छ । सलमानका बहिनीहरु अलवीरा अग्निहोत्री र अर्पिता खान शर्मालाई पनि निमन्त्रणा गरिएको छ । तर अर्पितालाई यसबारेमा सोध्दा निमन्त्रणा दिएको भन्ने कुरालाई अस्वीकार गरिन् ।

उनका अनुसार उनीहरुलाई विवाहका लागि कुनै निमन्त्रणा गरिएको छैन । सूत्रका अनुसार सलमान खानको परिवारलाई कुनै निमन्त्रणा गरिएको छैन । अलवीरा र अर्पितालाई पनि विवाहमा बोलाइएको छैन । कटरिना र विकीको विवाहमा उनीहरु सहभागी हुने खबर झुटो हो ।

सूत्रका अनुसार सलमान र कटरिनाबीच अत्यन्त व्यावसायिक कामकाजी सम्बन्ध छ । दुवैजना ‘टाइगर ३’ मा काम गरिरहेका छन् । सूत्रका अनुसार सलमानले कटरिनाको भलाइ नै चाहन्छन् । कटरिनाले विवाहपछि ‘टाइगर ३’ को फेरि शुटिङ गर्ने भएकी छिन् ।  

कटरिना र विकीको विवाह सवाई माधोपुरको चौथको बरवाडास्थित सिक्स सेन्स फोर्टमा हुनेछ । यसका लागि महारष्ट्रबाट पण्डित आउनेछन् । विवाहलाई विधिवत् रुप दिनका लागि तीनजना विशेष पण्डितलाई बोलाइएको छ । विकी र कटरिनाले विवाहमा आउने अतिथिहरुका लागि रणन्थबोर नेसनल पार्कमा स्पेसल टाइगर सफारीको व्यवस्था गरेका छन् ।