• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

हिरासतमा एक अभियुक्तको शंकास्पद मृत्यु, प्रहरीले नै विष दिएको आशंका



पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका एक अभियुक्तको शंकास्पद मृत्यु भएपछि प्रहरीले नै विष दिएको आशंका गरिएको छ ।

लागूऔषध कारोबारको आरोपमा २ पुसमा पक्राउ परेका भारतीय नागरिक ३० वर्षीय सन्दीप शाहको हिरासतमै मृत्यु भएको हो । बिहान ४ बजे विष सेवन गरेर बान्ता गर्न सुरु गरेपछि उनलाई अस्पताल लगिएको थियो ।

शाहले सेवन गरेको विष हिरासत कक्षभित्र कसरी पुग्यो भन्ने विषयमा अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएका छन् । प्रहरीले एक जना प्रहरी अधिकारीलाई पनि नियन्त्रणमा लिएको छ ।

परिवारका सदस्य आइनसकेको कारण उनको पोष्टमार्टम हुन सकेको छैन् । हाल उनको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा राखिएको छ ।