१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई प्रहरीको हत्या



अ+ अ-

याङ्गुन । म्यानमारको राखिन राज्यमा त्यहाँको एक सशस्त्र विद्रोही समूहले बारुदी एम्बुसमा पारी दुई जना प्रहरीको हत्या गरेको छ ।

राखिन राज्यको पोन्नाग्युन शहरमा अराकन आर्मी ९एए० नाम गरेको सशस्त्र समूहले एम्बुसमा पारेर दुई जना प्रहरीको हत्या गरेको प्रहरीले जनाएको छ ।

म्यान्मारको थान्डवेबाट सितवेतर्फ गइरहेका प्रहरीका चार ओटा सवारी साधनलाई लक्षित गरी उक्त समूहले बारुदी एम्बुसमा पारेको थियो ।

प्रहरीले उक्त समूह विरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

म्यान्मार सेनाले राखिनमा सक्रिय एए विद्रोही विरुद्ध आक्रामक कारबाही गरिरहेको छ । पछिल्लो पटक भएको कारबाहीमा सेना र विद्रोही दुबैतर्फ क्षति भएको सेनाले जनाएको छ ।