२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई प्रहरीको हत्या



अ+ अ-

याङ्गुन । म्यानमारको राखिन राज्यमा त्यहाँको एक सशस्त्र विद्रोही समूहले बारुदी एम्बुसमा पारी दुई जना प्रहरीको हत्या गरेको छ ।

राखिन राज्यको पोन्नाग्युन शहरमा अराकन आर्मी ९एए० नाम गरेको सशस्त्र समूहले एम्बुसमा पारेर दुई जना प्रहरीको हत्या गरेको प्रहरीले जनाएको छ ।

म्यान्मारको थान्डवेबाट सितवेतर्फ गइरहेका प्रहरीका चार ओटा सवारी साधनलाई लक्षित गरी उक्त समूहले बारुदी एम्बुसमा पारेको थियो ।

प्रहरीले उक्त समूह विरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

म्यान्मार सेनाले राखिनमा सक्रिय एए विद्रोही विरुद्ध आक्रामक कारबाही गरिरहेको छ । पछिल्लो पटक भएको कारबाहीमा सेना र विद्रोही दुबैतर्फ क्षति भएको सेनाले जनाएको छ ।