• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

रवीन्द्रको क्षेत्रमा उठ्दिँन, कुप्रचार नगरियोस् : वामदेव



काठमाडौँ — सत्तारूढ नेकपाका नेता वामदेव गौतमले हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा उपचुनाव हुँदा आफू उम्मेदवार नहुने बताएका छन् ।

उनले शनिबार विज्ञप्ति जारी गरी स्वर्गीय अधिकारीको निर्वाचन क्षेत्र कास्की-२ मा आफू उम्मेदवार हुन लागेको भनेर दुष्प्रचार सुरु गरिएकामा आपत्ति जनाउँदै खण्डन गरेका हुन् ।

उनले पार्टीले आफूलाई उम्मेदवार बनाउने निर्णय गरेको खण्डमा पनि त्यसलाई स्वीकार नगर्ने उल्लेख गरेका छन् ।

‘श्रद्धाञ्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रवीन्द्रको निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने आशा राखेको आरोप लगाइएको छ । यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर सुरु गरिएको कुप्रचारमात्र हो’ उनले विज्ञप्तिमा भनेका छन् ।

उनले मृत्युको शोकबाट आफूले व्यक्तिगत लाभ लिने काम कहिल्यै नगरेको र अब पनि नगर्ने उल्लेख गरेका छन् । गौतमले रवीन्द्रको खाली भएको निर्वाचन क्षेत्रमा उनकै परिवारबाट उम्मेदवार बनाउनुपर्ने धारणा अघि सारेका छन् ।

‘मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई मैले कहिल्यै मान्यता दिइन ।

जीवनभर दिने पनि छैन’ गौतमले विज्ञप्तिमा भनेका छन्, ‘मेरो इच्छाविपरीत पार्टीले निर्णय गरे छ भनेपनि म रवीन्द्रको दुःखद निधनबाट खाली भएको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने छैन । मेरो सम्पूर्ण प्रयत्न स्वर्गीय रवीन्द्रको परिवारका सदस्यलाई नै उम्मेदवार बनाउन लगाउने छु ।’