२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतमोहन अधिकारीको यस्तो थियो अन्तिम सन्देश



अ+ अ-

काठमाडौं । नेकपा नेता एवम् पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले नेताहरुलाई मिलेर अगाडि बढ्न अन्तिम सन्देश छोडेर गएका छन् ।

ह्याम्स अस्पतालमा भेन्टिलेटरमा राख्नुअघि नेकपा नेता कृष्ण आचार्यमार्फत् अधिकारीले सन्देश छोडेका हुन् । उनको शनिबार राति ९ बजेर ४८ मिनेटमा ह्याम्स अस्पतालको भेन्टिलेटरमै निधन भएको छ ।

अधिकारीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अधिकारीले महत्वपूर्ण सन्देश छोडेको भन्दै त्यसलाई आत्मसाथ गर्ने बताएका छन् ।

शनिबार राति पत्रकारसँग कृष्ण आचार्यलाई उद्धृत गर्दै प्रचण्डले भने, ‘पार्टी, देश र समाजको समृद्धिका लागि नेताहरु मिलेर जाउन’ भन्ने सन्देश छोड्नु भएको रहेछ ।

यो सन्देश हाम्रा लागि महत्वपूर्ण छ । यसलाई आत्मसाथ गरेर अगाडि बढ्छौँ । कम्युनिस्ट नेता अधिकारीको ८२ वर्षको उमेरमा शनिबार ह्याम्स अस्पतालमा निधन भएको हो । उनका तीन छोरी र श्रीमती छन् । चार पटक अर्थमन्त्री र पटकपटक मन्त्री भएका अधिकारी उप्रपधानमन्त्री हुँदा कार्यबाहक प्रधानमन्त्रीसमेत बनेका थिए । अन्नपूर्णबाट ।