८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले भन्यो ‘पाकिस्तानमा पक्राउ परेका पाइलटमाथि भयो उत्पीडन’



अ+ अ-

भारतीय विंग कमान्डर अभिनन्दन पाकिस्तानबाट फर्किएपछि अस्पतालमा उपचारका लागि भर्ना भएका छन् । अभिनन्दनलाई भारतीय वायुसेनामा पठाउनु अघि उनलाई ‘सामान्य’ गर्ने कोसिस गरिँदै छ ।

पाकिस्तानी सेनाले अभिनन्दनलाई ६० घण्टासम्म नियन्त्रणमा लिएको थियो । अभिनन्दनको फाइटर प्लेनलाई नियन्त्रण रेखा पारी पाकिस्तानले खसालेको थियो र उनलाई नियन्त्रणमा लिएको थियो ।

३५ वर्षका अभिनन्दनलाई शुक्रबार राती सबैभन्दा पहिले एयर फोर्स सेन्ट्रल मेडिकल लगिएको थियो । त्यहाँ उनको शारिरिक र मानसिक स्थितीबारे परीक्षण भएको थियो । त्यसपछि उनलाई रिसर्च एण्ड रेफरल अस्पतालमा भर्ना गरियो ।

अस्पतालमै भारतीय रक्षामन्त्री निर्मला सीतारमणले शनिबार अभिनन्दनलाई भेटेकी थिइन् । सरकारको दुई सूत्रमन अनुसार अभिनन्दनले पाकिस्तान हिरासतमा मानसिक उत्पीडनको सामना गर्नुपरेको थियो ।

अभिनन्दनलाई जुन दिन पाकिस्तानले भारतलाई सुम्पिएको थियो त्यो दिन उनको एउटा भिडियो बनाइएको थियो । उक्त भिडियोलाई पाकिस्तानको प्रोपागान्डा भिडियो बताइएको छ ।

अभिनन्दनलाई वरिष्ठ डाक्टरको समूहले परीक्षण गरिरहेका छन् । अधिकारीले अहिलेका लागि उनको स्वास्थ्यलाई प्राथमिकता दिइएको बताएका छन् ।