• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन ★   ‘नेपाल आइडल–५’ को उपाधि करणले जिते ★   कमिन्सको लगातार ह्याट्रिक, अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको लक्ष्य ★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने ★   उपप्रधानमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन–पोखरा सडक अनुगमन

अधिकारीको निधनले पार्टी र देशलाई निकै ठूलो क्षति पुग्यो : रावल



काठमाडौं । नेकपाका नेता भीम रावलले पूर्व प्रधानमन्त्री एबंम पहिलो पुस्ताका कम्युनिष्ट नेता भरतमोहन अधिकारीको निधनले पार्टी र देशलाई निकै ठूलो क्षति भएको बताएका छन् ।

अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी कार्यालय धुम्बाराहीमा पुगेका रावलले नेपाललाई समृद्धिको दिशामा लैजान चिन्तनशील अधिकारीको निधनले अपुरणीय क्षती पुगेको बताएका हुन् ।

नेता रावलले भने, ‘काम र कर्तव्यप्रति अत्यन्त सक्रिय रहने अधिकारीको निधनले पार्टी र देशले निकै ठूलो क्षति व्यहोरेको अनुभूति भइरहेको छ ।’

‘उहाँ अत्यन्त चिन्तनशील हुनुहुन्थ्यो,’ रावलले भने, ‘नेपालको कम्युनिष्टको आन्दोलनको अथक योद्धा, आफूलाई सम्पूर्ण रुपमा समर्पित गर्ने व्यक्तित्व, कुशल अर्थमन्त्रीको रुपमा अधिकारीलाई स्मरण गर्छु ।’

पुस २३ देखि विरामी परेका अधिकारीलाई तत्कालै मेटिसिटीमा अस्पतालमामा भर्ना गरिएको थियो । तर उनको स्वास्थ्य अवस्था झन झनै बिग्रदै गएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पतालको भेन्टिलेटरमा राखिएको थियो ।