२२ भाद्र २०८३, सोमबार
,
Latest
कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यावरण र प्रकृति जोगाएर विकास गरौंः राष्ट्रपति भण्डारी



अ+ अ-

कपिलवस्तुः राष्ट्रपति विद्यादेवी भण्डारीले देशका परम्परागत धर्म, कला र संस्कृतिको सम्मान गर्नु पर्नेमा जोड दिनु भएको छ ।

कपिलवस्तुको वाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा निर्माण गरिएका प्रवेशद्वार र विश्रामगृहको उद्घाटनका अवसरमा संक्षित मन्तव्य राख्दै राष्ट्रपति भण्डारीले कपिलवस्तु समेतका तराई मधेशका जिल्लाको समग्र विकासका लागि चुरे क्षेत्रको संरक्षण अपरिहार्य रहेको बताउनुभयो ।

पर्यावरण र प्रकृति जोगाएर विकास गर्न आह्वान गर्दै राष्ट्रपति भण्डारीले हामीले हाम्रा भावी सन्ततीलाई पर्यावरण र प्रकृति सही अवस्थामा छाड्न सक्नु पर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति भण्डारी त्यस आश्रममा पुग्नु हुँदा आश्रमका प्रमुख, पदाधिकारी एवं अन्य स्थानीय महानुभावले स्वागत गर्नु भएको थियो ।