१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिक शेरचनको राजनीतिक भाषण, “लिपुलेक, लिम्पियाधुरा र कालापानी खोई ?”



अ+ अ-

 

लुम्बिनीः राष्ट्रपतिको प्रतिनिधिका रुपमा प्रदेश प्रमुख रहेका व्यक्तिले राजनीतिक भाषण गर्दै हिँड्न मिल्छ कि मिल्दैन ? नेपालको संविधानले सम्भवतः त्यस्तो अख्तियारी प्रदेश प्रमुखहरुलाई दिएको छैन ।

तर पदीय मर्यादाका सीमाहरु नाघ्ने चलन नेपाली राजनीतिक वृत्तमा व्याप्त छ र यस्तो गर्न प्रदेश प्रमुखहरुलाई पनि छुट झैं भइसकेको छ ।

विषय हो, लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औं स्थापना दिवसका अवसरमा प्रदेश प्रमुख अमिक शेरचनले उठाएको र गरेको प्रश्न । राष्ट्रपति विद्यादेवी भण्डारी मुख्य अतिथि रहनु भएको विशेष समारोहमै राष्ट्रपतिकै प्रतिनिधिका रुपमा रहेका प्रदेश प्रमुख शेरचनले आफ्नो सम्बोधनमा राजनीतिक विषय उठाउनु भयो ।

उहाँ भन्दै हुनुहुन्थ्यो, "नेपालको मिचिएको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी तुरुन्त फिर्ता ल्याउनु पर्छ, त्यो जमिन दिने को थियो त्यो सार्वजनिक गर्नु पर्यो ।"

प्रदेश प्रमुख शेरचनले राजधानीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा नेकपा मालेका महासचिव सीपी मैनालीले राजा र राष्ट्रियताका विषयमा बोलेको कुराको प्रतिवाद गर्दै अगाडि भन्नुभयो, "अहिले राष्ट्रियता संकटमा छ, राष्ट्रिय अखण्डता खण्डित गर्ने प्रयास भएको छ ।

विश्वविद्यालयको कार्यक्रममा शेरचनले व्यक्त गरेको त्यस्तो विचार त्यति शोभनीय नरहेको आयोजक समितिका केही पदाधिकारीले बताएका छन् ।




भर्खरै