२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतम बुद्ध विमानस्थलमा ईयूको चलखेल सुरु, सञ्चालन जिम्मेवारी लिने भन्दै अध्ययन थाल्यो



अ+ अ-

काठमाडौँ । युरोपेली युनियनको प्रभावकारी मुलुक मानिएको जर्मनीको सांसद टोली गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ । जर्मन सांसद तोवियस एफ्लुगरको नेतृत्वमा टोली विमानस्थलको अध्यानको लागि नेपाल आएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार शुक्रबार काठमाडौँ ओर्लेको टोलीले विमानस्थलको आन्तरिक व्यवस्थापन र सञ्चालन जिम्मेवारी लिने भन्दै अध्ययन थालेको हो । उक्त टोलीमा जर्मन राजदूत रोलन्ड सेफरपनि समाबेश भएका छन् ।

टोलीले लुम्बिनी पुगेर स्तरोन्नति गरिएको यो अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गरेको जनाइएको छ । जर्मनीले नेपालमा बनिरहेको अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो उपस्थिति खोज्दै गर्दा यस्तो कार्यलाई आशंकाको रुपमा हेर्दै आइरहेको छ ।

विमानस्थलको अध्ययनपछि उक्त टोलीले त्यहाँका मन्त्री, सभामुखलगायत बिशिष्ट व्यक्तिहरुसँग भेटवार्ता गरेको स्रोतले बताएको छ। स्रोतका अनुसार टोलीले प्रदेश पाँचको भ्रमणलाई महत्व राखेको छ ।

टोलीले सोमबार काठमाडौँमा उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। काठमाडौँस्थित जर्मन दूतावासका अनुसार टोली मंगलबार सञ्चारकर्मीसँग अन्तरक्रिया गरेर फर्कनेछ।