• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित ★   प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी ★   स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड ★   यार्सा टिप्न गएका युवकको भीरबाट लडेर मृत्यु ★   ज्ञानेन्द्र शाह सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको हात छः डा. सुरेन्द्र केसी ★   दरबारनिकट डा. सुन्दरमणि दीक्षितको दाबीः ‘दरबार हत्याकाण्ड दिपेन्द्रले गराए, कारण लभ अफयर’ ★   ओलीको असन्तुष्टिः सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो ★   यी हुन् टी–२० विश्वकप जित्ने मुख्य तीन दावेदार ★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर

अज्ञात रोगका कारण दुई महीनादेखी पठनपाठन ठप्प



रोल्पा । अज्ञात रोगका कारण विगत दुई महीनादेखी विद्यार्थी बिरामी पर्न थालेपछि पिताराज अधारभूत विद्यालय रेउघाका अभिभावक र शिक्षक चिन्तित भएका छन् ।

उपचारका अनेक उपाय गर्दा पनि बिरामी निको नभएपछि उनीहरु चिन्तित भएका हुन । विद्यार्थी काप्ने, मुर्छा पर्ने, चिच्याउने तथा रुने कराउने गर्न थालेपछि केही समयअघि चार दिनका लागि विद्यालयको पठनपाठन समेत बन्द गरिएको थियो । शुरुमा यस्तो समस्या कक्षा ६ र ७ मा अध्ययनरत छात्रामा देखिएको बताइएको छ । दैनिक चार, पाँचजनामा यस्तो समस्या देखिएपछि विद्यालयले जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका स्वास्थ्यकर्मीबाट तनाव व्यवस्थापन सम्बन्धी कक्षा सञ्चालन गरेको थियो ।

“उक्त कक्षा सञ्चालन पश्चात पनि विद्यार्थीमा सो समस्या हल हुनुका साटो वृद्धि भई दैनिक १५÷२० जना विद्यार्थी बिरामी पर्न थालेसँगै केही दिनका लागि विद्यालयको पठनपाठन बन्द गर्न बाध्य भयौं” विद्यालयका प्रधानाध्यापक लीला आचार्यले भने।

स्वास्थ्यकर्मीको परामर्शबाट निको नभएपछि अभिभावकले विद्यार्थीलार्य झारफूक गर्न लगाउनुभयो, प्रधानाध्यापक आचार्यले भने, “विद्यालय नजिकै रहेको रिमूल भन्ने स्थानमा अभिभावकले बिरामी जम्मा गरेर झारफूक गरे पनि बिरामी अझै निको भएका छैनन् ।”

लामो समयसम्म विद्यार्थी बिरामी पर्दा समग्र विद्यालयको पठनपाठन नै प्रभावित भइरहेको प्रधानाध्यापक आचार्यको भनाइ छ । नगरस्तरीय अन्तिम परीक्षा नजिकिँदै गर्दासमेत समस्या समाधान भएको छैन उनले भने, “मनोचिकित्सकबाट परामर्श गरे समस्या हल हुने आफूले आशा गरे पनि त्यसका लागि स्रोत जुटाउन धौधौ परिरहेको छ ।”

विद्यार्थी बिरामी परेको खबर सुन्ने बित्तिकै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखको नेतृत्वमा स्वास्थ्यकर्मीको एकटोली विद्यालयमा पठाएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए ।

स्वास्थ्यकर्मीलाई नियमित विद्यालय गएर परामर्श गर्न भनेका छौ प्रमुख केसीले भने, “बिरामी निको नभए विज्ञ मनोचिकित्सक झिकाएर परामर्श गर्ने गरी नगर शिक्षा समितिले निर्णय गरिसकेको छ”, उनले भने, “पछिल्लो अवस्थाबारे वडा कार्यालयले अद्यावधिक गराएपछि अवस्था हेरेर मनोचिकित्सक झिकाउने योजनामा छौ ।”

“विद्यालय वा घरमा हुने तनावका कारण यस्तो समस्या देखिने गर्छ”, स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अहेब कुलबहादुर डाँगीले भने, “तनाव व्यवस्थापनका जानकार समेत रहेका डाँगीका अनुसार एक जनामा यस्तो समस्या देखिए त्यस्तो बिरामीलाई छुट्टै बसाल्ने व्यवस्था गरे अरुमा सर्दैन ।” “एक जनाको समस्या देखेपछि अरु पनि त्यसबाट प्रभावित हुने गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “धेरै जना जमघट हुने स्थानमा यो समस्या धेरैलाई सर्ने गर्दछ ।”

धेरै विद्यार्थीमा एकै पटक यस्तो समस्या देखिने भएकाले यसलाई मास हिस्टेरिया भनिन्छ, स्वास्थ्यकर्मी डाँगीले भन्नुभयो । यसअघि पनि जिल्लाका विभिन्न विद्यालयमा यस्तो समस्या देखिने गरेको बताइएको छ । सदरमुकामको बालकल्याण नमूना मावि, तारा मावि वामरुक, नेपाल राष्ट्रिय मावि खुमेल, खुङ्ग्री, ओत लगायतका विद्यालयमा यस्तो समस्या देखिएको बताइएको छ ।