१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि एक लाख आर्थिक सहयोग संकलन



अ+ अ-


काठमाडौँ । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिकामा बनाउन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि १ लाख भन्दा बढी आर्थिक सहयोग संकलन गरेको छ । सामथ्र्य नेपाल र सुनौलो समाजले आर्थिक सहयोग संकलन गरेका हुन् ।

अर्जुन भुषालको नेतुत्वमा रहेको टोलीले तीन दिनमा १ लाख ६ हजार रकम संकलन गरेको हो ।
भुषालका अनुसार कतारबाट मिलन थापाले १ लाख, प्रकाश सुवेदीले ५ हजार ,सुवाश तिवारीले १ हजार सहयोग गरेको छन् ।

भुषालले भने “ धुर्मुस–सुन्तली फाउण्डेशनको सहयोगका लाठिग हामी यो अभियान केहि दिन संचालन गर्नेछौं । जति रकम जम्मा हुन्छ त्यति रकम हामी फाउण्डेशनलाई हस्तान्तरण गर्ने छौं ।”

१६ माघमा धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणको सम्झौता भएको थियो। उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, खेलकुदमन्त्री विश्वकर्मा पनि उपस्थित थिए । २० बिगाहा ८ कट्ठा जग्गामा तीन अर्ब लागतमा २५ हजार दर्शक क्षमताको रंगशाला बन्ने अनुमान गरिएको छ ।