९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि एक लाख आर्थिक सहयोग संकलन



अ+ अ-


काठमाडौँ । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिकामा बनाउन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि १ लाख भन्दा बढी आर्थिक सहयोग संकलन गरेको छ । सामथ्र्य नेपाल र सुनौलो समाजले आर्थिक सहयोग संकलन गरेका हुन् ।

अर्जुन भुषालको नेतुत्वमा रहेको टोलीले तीन दिनमा १ लाख ६ हजार रकम संकलन गरेको हो ।
भुषालका अनुसार कतारबाट मिलन थापाले १ लाख, प्रकाश सुवेदीले ५ हजार ,सुवाश तिवारीले १ हजार सहयोग गरेको छन् ।

भुषालले भने “ धुर्मुस–सुन्तली फाउण्डेशनको सहयोगका लाठिग हामी यो अभियान केहि दिन संचालन गर्नेछौं । जति रकम जम्मा हुन्छ त्यति रकम हामी फाउण्डेशनलाई हस्तान्तरण गर्ने छौं ।”

१६ माघमा धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणको सम्झौता भएको थियो। उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, खेलकुदमन्त्री विश्वकर्मा पनि उपस्थित थिए । २० बिगाहा ८ कट्ठा जग्गामा तीन अर्ब लागतमा २५ हजार दर्शक क्षमताको रंगशाला बन्ने अनुमान गरिएको छ ।