७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह

अबका सबै चुनावमा काँग्रेसको बहुमत : सहमहामन्त्री डा. महत

अबका सबै चुनावमा काँग्रेसको बहुमत : सहमहामन्त्री डा. महत
अ+ अ-

हेटौँडा । नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले अबका सबै निर्वाचनमा काँग्रेसले स्पष्ट बहुमत ल्याउने दाबी गर्नु भएको छ । वाग्मती प्रदेश कांग्रेसको महाधिवेशनलाई बिहीबार हेटौँडामा सम्बोधन गर्दै डा. महतले तर यसका लागि नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले अब अर्जुन दृष्टि राखेर काम गर्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो- 'निर्वाचन जित्ने गरेर कांग्रेसका नेता कार्यकर्ता बीच अर्जुनदृष्टि राखेर जानुपर्छ, नेपाली जनताले काँग्रेस नै चाहेका छन्, अबको निर्वाचनमा पक्का पनि हामीलाई नै रोज्नेछन् ।'

कम्युनिष्टहरुले झण्डै दुई तिहाइ ल्याएर सरकार निर्माण गरेका भएपनि उनीहरुको सत्ताको झगडा र कुशासनले वाक्क भएका नेपाली जनताले दुई वर्षमै सरकारका काँग्रेसको नेतृत्व खोजेबाट यो कुरा प्रमाणित हुने उहाँको दाबी थियो । कम्युनिस्टको झुठको आस्वासन जनताले बुझिसकेका उहाँले बताउनुभयो । तर हामीले गरेका कामहरु जनतालाई बुझाउनुपर्ने उहाँको सुझाव थियो । 

सह(महामन्त्री डा. महतले भन्नुभयो, ‘आउने निर्वाचनलाई केन्द्रविन्दुमा राखेर काम गर्‍यौँ भने हाम्रो जित सुनिश्चित छ । कम्युनिस्टको नक्कली कुरालाई परास्त गर्न सक्नुपर्छ ।’

उहाँले कांग्रेसले लाखौं जनतालाई सक्रिय बनाएर महाधिवेशन गरेको यो अभ्यास संसारकै एक प्रजातान्त्रिक अभ्यास भएको उहाँको दाबी थियो । एमालेप्रति संकेत गर्दै नेता डा. महतले भन्नुभयो, ‘अरु दलहरूको पनि महाधिवेशन भएको छ । लोकतान्त्रिक प्रक्रिया गर्न दिइएन, हेरौँ न निर्वाचनमा उठ्न पाउने अधिकारकै लागि कति हंगामा भयो, तर हाम्रो हेरौँ त देशव्यापी रुपमा कति लोकतान्त्रिक अभ्यास भएको छ ?’

‘हामीले पार्टीमा लोकतान्त्रिक प्रक्रियालाई भरपुर अवसर दिएका छौँ । अधिवेशन गरेका छौँ’, सह-महामन्त्री डा. महतले ‘हाम्रो पार्टीको निर्वाचन प्रणाली चुनौती र अवसर दुबै हो ।’ सह-महामन्त्री डा. महतले कांग्रेसभित्र व्यक्ति होइन विचार केन्द्रित राजनीति अगाडि बढाउनुपर्छ र विचार तथा सिद्धान्तमा राजनीति गर्नुपर्छ भन्नुभयो ।

उहाँले भन्नुधयो, 'नेपाली जनताको आग्रहपछि नै सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व लिनु भएको भन्दै यो संयुक्त सरकार भएकाले हामीले चाहेजति काम गर्न नसक्ने अवस्था पनि हुनसक्छ, अर्को निर्वाचन जितेर हाम्रै सरकार बनेपछि देश विकासको अवसर जुट्ने बताउनुभयो । '

मकवानपुर जिल्लामा कमजोर रहेको कांग्रेस बलियो बनाएको भन्दै इन्द्रबहादुर बानियाँको प्रशंसा पनि उहाँले गर्नुभयो । सह-महामन्त्री डा. महतले आगामनी निर्वाचनमा बानियाँको नेतृत्वमा बाग्मती प्रदेशभरि कांग्रेसलाई सबै तहमा जिताउने बताउनुभयो ।