
काठमाडौं । नेपाल प्रहरीले जबरजस्ती करणीको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहको मुद्दामा जथाभाबी बोल्ने र अनुसन्धान प्रक्रियालाई नै प्रभावित पारेको भन्दै हरि उदासी भनिने हरि परियारलाई पक्राउ गरेको छ ।
पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी नेपाल मिडिया नामक युट्युब च्यानलमा अन्तर्वार्ता दिएको आरोपमा काठमाडौं भीमढुङ्गाका परियारलाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले विज्ञप्तीमार्फत जनाएको छ ।
यस्तै, पल शाह प्रकरणमै जथाभावी सामग्री प्रसारण गरेको आरोपमा विशाल नेपाल नामक युट्युब च्यानलका सञ्चालक लमजुङ घर भइ काठमाडौंको शेषमती बस्ने निशान चिलवाललाई पनि पक्राउ गरेको छ ।
दुवै जनालाई जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।