१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल प्रकरणमा जथाभाबी बोल्ने हरि उदाशी र युट्युब सञ्चालक पक्राउ



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले जबरजस्ती करणीको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहको मुद्दामा जथाभाबी बोल्ने र अनुसन्धान प्रक्रियालाई नै प्रभावित पारेको भन्दै हरि उदासी भनिने हरि परियारलाई पक्राउ गरेको छ । 

पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी नेपाल मिडिया नामक युट्युब च्यानलमा अन्तर्वार्ता दिएको आरोपमा काठमाडौं भीमढुङ्गाका परियारलाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले विज्ञप्तीमार्फत जनाएको छ । 

यस्तै, पल शाह प्रकरणमै जथाभावी सामग्री प्रसारण गरेको आरोपमा विशाल नेपाल नामक युट्युब च्यानलका सञ्चालक लमजुङ घर भइ काठमाडौंको शेषमती बस्ने निशान चिलवाललाई पनि पक्राउ गरेको छ । 

दुवै जनालाई जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।