२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला प्रकरण : कञ्चनपुरका तत्कालिन एसपी बिष्ट र सीआइबीका डीएसपी फरार सूचीमा



अ+ अ-

काठमाडौँ । निर्मला पन्त बलात्कार–हत्या प्रकरणको प्रमाण मेटाउन र निर्दोषलाई यातना दिने कार्यमा संलग्न भ‍एको आरोप लागेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख दिल्लीराज विष्ट र छानबिनमा संलग्न एसपी डिएसपी अंगुर जीसीलाई प्रहरीले फरार श्रेणीमा राखेको छ।

बिहीबार जिल्ला अदालत, कञ्चनपुरमा दुबै जना उपस्थित नभएका समय थप गर्दै अदालतमा २१ दिनभित्र उपस्थित हुन आदेश दिएको थियो तर बिहीबार दोस्रो दिन पनि अदालतमा उपस्थित नभएपछि उनीहरुलाई फरार सूचीमा राखिएको हो ।

घटनाको प्रमाण मेटाउने तथा शान्ति सुव्यवस्था राख्न नसकेको भन्दै तत्कालीन कञ्चनपुरका प्रहरी प्रमुख एसपी विष्टलाई यसअघि नै बर्खास्त गरिएको छ। हत्याकाण्डको छानबिनका लागि नेपाल प्रहरीको केन्द्रीय जाँच ब्युरो सिआइबीको टोलीका प्रमुखका रुपमा खटिएका डिएसपी जीसीलाई भने शंकाष्पद भनी नियन्त्रणमा लिइएकामाथि यातना दिएको भन्दै निलम्बन गरिएको छ।

बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि प्रतिवादी सेट्ठी, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसी, इन्सपेक्टर एकेन्द्र खड्का, महेन्द्रनगरका इन्सपेक्टर जगदीश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई नियन्त्रणमा लिइएको छ ।

खड्ग विष्टले आफ्नो भाइलाई पक्राउ गरेर यातना दिएको भन्दै तत्कालीन डिएसपी सेट्ठी, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसी, इन्सपेक्टर एकेन्द्र खड्का विरुद्धमुद्दा दायर गरेका थिए ।

निर्मलाकी आमा दुर्गादेवीले प्रमाण नष्ट गरेको अभियोगमा तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदीश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद बिरुद्ध मुद्दा दायर गरेकी थिइन् ।